नेकपा फुटिनसकेको भन्दै देउवाद्धारा विरोधका कार्यक्रम घोषणा गर्न इन्कार, पौडेलले गरे प्रतिवादः बैठकमै भयो चर्काचर्की

नेकपा फुटिनसकेको भन्दै देउवाद्धारा विरोधका कार्यक्रम घोषणा गर्न इन्कार, पौडेलले गरे प्रतिवादः बैठकमै भयो चर्काचर्की

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

पुस ८, काठमाडौँ । संसद बिघटन भएलगत्तै बिरोध जनाएको नेपाली कांग्रेसभित्र आनेलनका कार्यक्रम घोषणा गर्ने नगर्ने भन्ने बिषयमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद भएको छ ।
केन्द्रिय समितिको बैठकमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेस आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा देउवा र पौडेलबीच नै चर्काचर्की परेको हो ।

मंगलवारबाट सुरु केन्द्रीय समिति बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम नसकिएपछि पौडेलले आज नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर, सभापति देउवाले बारम्बार नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न इन्कार गरे । देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि पौडेलले प्रतिवाद गरे ।

नेकपा कहिले फुट्छ र निर्वाचन आयोगको निर्णय कहिले आउँछ भनेर कांग्रेस कुरेर बस्न नहुने भन्दै पौडेलले कांग्रेसले तत्काल आन्दोलनका कार्यक्रम घोषणा गरेर जानुपर्ने बताएका थिए ।
तर देउवाले अहिले नै नेकपा नफुटेकोले हतार गर्न नहुने बताएको बैठकमा सहभागी एक नेताले बताए । विबादपछि पौडेल पक्षले देउवाले प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको र पार्टीलाई आन्दोलनमा लैजानबाट रोक्नका लागि सभापति देउवाले पार्टीको बैठकसमेत लम्बाउन चाहेको आरोप लगाएको छ । त्यही बुझेर नै पौडेलले बुधबार तत्काल विरोधका कार्यक्रम घोषणा गर्न माग गरेका थिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारदेखि बैठक सुरु भएको हो । दुई दिनमा जम्मा ८ जनाले मात्रै धारणा राखेका छन् । बुधबारसम्म बोल्नेको सूचीमा २७ जना बाँकी छन् । कतिपयले नाम टिपाउनै बाँकी रहेकोले बैठक अझै लम्बिने सम्भावना रहेको कांग्रेसले जनाएको छ ।
देउवानिकट केन्द्रीय सदस्य एनपी साउदले मंगलबारको बैठकमा पार्टी आन्दोलनमा नगइ चुनावको तयारीमा जुट्नुपर्ने बताएका थिए ।

सहमहामन्त्री प्रकाशशरण महतले भने आन्दोलनको पक्ष र विपक्षमा देखाएर कांग्रेसमा फुट ल्याउने कोसिस गरिएको दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ