उदयपुर, ८ पुस ।
उदयपुरको कटारी नगरपालीकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले आफ्नोबारेमा गलत प्रचार गरिएको भन्दै भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।
सत्तारुढ नेकपाका तर्फमा मेयरमा विजयी भएका श्रेष्ठले पार्टी बिभाजनमा पुगेपछि आफ्नोबारेमा गलत प्रचार भएको भन्दै उक्त आग्रह गरेका हुन् । उनले आफु नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षमा आफु रहेको समेत स्पष्ट पारेका छन् ।
केही अनलाईन मिडियाले मेयर श्रेष्ठले ओली पक्षको केन्द्रिय कमिटीको बैठकबाट थप गरिएका सदस्यमा आफ्नो पनि नाम रहेको तर आफुलाई यसबारेमा केहि जानकारी नगराएको भताएको भनेर समाचार छापेका थिए । तर मेयर श्रेष्ठले त्यसको खण्डन गर्दै आफु ओलीकै टिममा रहेको स्पष्ट पारेका छन् ।
श्रेष्ठले बुधवार साझ सामाजिक सन्जाल फेसबुकमा समेत आफ्नो बारेमा लेखिएको समाचार गलत भएको बताएका छन् । उनले लेखेका छन्, ‘हाम्रो मत भन्ने अनलाइन खबर ले जुन कुरा लेखेको छ त्यो कुरा गलत लेखिएछ म आफु केपी ओलीको टिममा भएको कुरा जानकारी गराउदछु।’