पुष ८ काठमाण्डौं । नेपालमा आज ७४३ जना कोरोना संक्रमित थपिएका छन् । देशभरीका ८० वटा प्रयोगशालामा ६ हजार ५५९ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।
यसै गरी आज एकै दिन ९५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या २ लाख ४६ हजार ६६१ जना पुगेका छन् । यो भनेको ९६.३ प्रतिशत हो ।
यसै गरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । यो सगैँ मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।
अब देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline