ओलीलाई कार्बाही गरेको भन्दै नेकपाका बहुमत नेताको हस्ताक्षर सहित निर्वाचन आयोगमा प्रचण्ड नेपाल समुहका नेता

ओलीलाई कार्बाही गरेको भन्दै नेकपाका बहुमत नेताको हस्ताक्षर सहित निर्वाचन आयोगमा प्रचण्ड नेपाल समुहका नेता

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

पुष ८ काठमाण्डौं ।, पार्टी अध्यक्ष केपी ओलीलाई कार्बाही गरिएको र बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर सहित आधिकारीक नेकपाको दाबी गर्दै प्रचण्ड माधव समुहका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।
नेकपा नेता सुरेन्द्र पाण्डे, लीलामणि पोखरेल लगायतका नेताहरु निर्वाचन आयोग पुगेका छन् । उनीहरुले आयोगमा चुनाव चिन्ह सूर्य हुनु पर्ने दाबी पनि गरेका छन् ।
२ तिहाइ भन्दा बढी केन्द्रीय सदस्य रहेको दाबी गर्दै आफूहरूको निर्णय आधिकारिक रहेको निर्वाचन आयोगमा दाबी पेश गरेका छन् ।
अहिले कायम रहेको ४ सय ३५ सदस्यीय केन्द्रीय कमिटिमा हाम्रो पक्षमा ३ सय भन्दा बढी केन्द्रीय सदस्य छन्। केपी ओलीसँग नयाँ पार्टी खोल्न सक्ने संख्या समेत नरहेको एक नेताले बताए । केपी ओलीले २५ हजार केन्द्रीय सदस्य बनाए पनि त्यो नेकपाका लागि बैधानिक नहुने उनीहरुको दाबी छ ।

निर्वाचन आयोगमा ओली पक्षले पनि हिजो नै पार्टी आधिकारीक भएको दाबी पेश गरेको थियो । निर्वाचन आयोगले कानुनी व्यवस्था अनुसार दलको मान्यता प्रदान गर्ने र त्यस पूर्व छलफल गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ