संसद विघटन बिरुद्ध जसपाद्धारा बीरगञ्जमा प्रदर्शन ( भिडियो सहित )

संसद विघटन बिरुद्ध जसपाद्धारा बीरगञ्जमा प्रदर्शन ( भिडियो सहित )

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

पुष ८ बीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटनको बिरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको जनता समाजवादी पार्टीले आज राजधानी सहित देशका विभिन्न भागमा प्रदर्शन गरेको छ ।
आज पर्साको बीरगञ्जमा पनि र्याली निकालिएको छ । सो र्यालीमा प्रतिनिधि सभा विघटन खारेज हुनु पर्ने माग सहित नाराबाजी गरिएको थियो ।
सो प्रदर्शनमा संघीय सांसद प्रदीप यादव, जसपाका अन्य केन्द्रीय र जिल्ला स्तरीय नेताहरु एवं कार्यकर्ताहरु सहभागी रहेका थिए ।
जसपाले भोली देशभर सबै कमिटिको बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्नुका साथै प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन सहित संघर्ष गर्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ