पुष ८ काठमाण्डौं । हिजो विभाजित भए पनि एक अर्काले आधिकारीक नेकपा आफू दाबी गरीरहेका बेला प्रचण्ड माधव नेपाल समुहमा सांसदहरुको उल्लेख्य सहभागीता देखिएको छ ।
वानेश्वरमा जारी संसदीय दलको बैठकमा आज ९३ जना सांसद सहभागी भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस अघि ९० जना सांसदको हस्ताक्षर सार्वजनिक हुँदै आएको थियो ।
यो बैठकमा नवनिर्वाचित पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका छन् । बैठकले सो प्रस्ताव अनुमोदनको तयारी गरेको छ । नेकपामा कुल १७४ जना सांसद मध्य २ तिहाई भन्दा बढी अर्थात ९३ जना प्रचण्ड नेपाल पक्षमा उभिएका छन् ।
संसदीय दलको यो निर्णय पछि आफूहरु आधिकारीक नेकपा भएको भन्दै निर्वाचन आयोगमा कागजात पेश गर्ने तयारी पनि भएको एक सांसदले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline