सातै प्रदेशमा ओली पक्षको बृहत भेला, केन्द्रीय नेताले सम्बोधन गर्नेः को कहाँ जाँदै छन् ?

सातै प्रदेशमा ओली पक्षको बृहत भेला, केन्द्रीय नेताले सम्बोधन गर्नेः को कहाँ जाँदै छन् ?

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

८ पुष, काठमाडौं ।
नेकपाको केपी ओली समुहले आज सातै प्रदेशमा भेला गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मंगलवारको केन्द्रीय कमिटी बैठकले आज सातै प्रदेशमा वृहत भेला गर्ने निर्णय गरेअनुसार केन्द्रीय स्तरका नेताहरु भेलामा सहभागी हुनेछन् ।

दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने निर्णय ओली समुहको निर्णय छ ।
प्रदेशस्तरीय भेलामा केन्द्रीयस्तरका नेताहरुको सहभागिता रहने बताईएको छ । वाग्मतीमा हुने भेलाको संयोजन गर्ने जिम्मा आनन्द पोखरेललाई दिइएको छ ।

गण्डकीमा टोपबहादुर रायमाझी खटिनुहुनेछ । यसैगरी लुम्बिनी प्रदेशमा हुने भेलाको समन्वय खिमलाल भट्टराईले गर्नुहुने छ ।

भेलाका लागि सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रवक्ता प्रदीप ज्ञवाली र कर्ण थापालाई खटाइने निर्णय गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा शंकर पोखरेल, यमलाल कँडेललगायत नेताहरु खट्नुहुनेछ भने प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ