संसद विघटन औपचारीक बिरोध बाहेक गतिशील संघर्षमा किन छैन काँग्रेस ?

संसद विघटन औपचारीक बिरोध बाहेक गतिशील संघर्षमा किन छैन काँग्रेस ?

  • बुधबार, पुस ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

पुष ८ काठमाण्डौं । नेपाली काँग्रेसले प्रधानमन्त्री ओलीले अप्रत्यासित रुपमा गरेको संसद विघटन बिरुद्ध औपचारीक रुपमा बिरोध जनाएको छ । उसले यो कदम निरकुश र अलोकतान्त्रिक भनेको छ । उसले तीन दलको बैठक राखेर पनि यो साझा धारणा तय गरेको छ ।
तर पनि काँग्रेसले प्रतिपक्षी र संसदीय व्यवस्थाको हिमायती हुनुका नाताले अपेक्षाकृत गतिशिल संघर्ष नथालेकोमा सोही पार्टीका केही नेताले शंका गरेका छन् ।
मंगलबारको केन्द्रीय समितिको बैठकमा पनि आन्दोलनको पक्ष विपक्षमा मत विभाजित भएको छ ।
यसमा देउवा पक्ष र पौडेल पक्षको रुपमा रहँदै आएको काँग्रेस भित्रको विवादलाई समेत जोड्ने गरिएको छ । पौडेल संसद विघटन बिरुद्ध सम्झौता गर्न नहुने र अहिले सत्ताको लोभ गर्न नहुने अडानमा छन् ।
तर देउवाले घुमाउरो पाराले संवैधानिक परिषद् मार्फत आफ्ना मान्छे नियुक्तिमा सहमति जनाएको आरोप लाग्दै आएको छ । देउवाले पहिला आईजिपी बनाउन नसकेका जय बहादुर चन्दलाई अख्तियारको आयुक्त बनाउन सिफारीस गरेको काँग्रेस स्रोत बताउछ ।
अर्कोतिर संसदमा दोस्रो पार्टीका रुपमा रहेकाले संसदमा काँग्रेसको भूमिका प्रभावकारी थिएन भने अब नेकपा फुटेको अवस्थामा अब हुने निर्वाचनमा आफू स्वतः ठूलो पार्टी बन्ने भएकाले काँग्रेस पाविधिक हिशाबले भित्र भित्रै सन्तुष्ट रहने प्रयास गरेको एक नेताले दाबी गरे ।
तर काँग्रेस भित्र काँग्रेसको प्राण भनेकै लोकतन्त्र भएको र लोकतन्त्रका लागि उसले लामो संघर्ष गरेकाले संसद विघटन जस्तो प्रतिगामी कदम बिरुद्ध उभिनु पर्ने धेरै काँग्रेसीको धारणा छ ।
यसै बिषयमा ठोस निर्णय गर्न आज दिउसो १ बजे काँग्रेस केन्द्रीय समितिको बैठक पुनः बस्दै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ