काठमाडौँ, ७ पुस ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक बुधबार पुनः बस्ने भएको छ । आजदेखि शुरु भएको बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराउँदै विषय प्रवेश गराउनुभएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, डा नारायण खड्का र एनपी साउदले आआफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बुधबार अपराह्न १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पुनः बस्ने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline