काठमाडौं, ७ पुस । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई अनुशासनको कार्वाहि गरेर माधव कुमार नेपाललाई अध्यक्ष बनाएको प्रचण्ड-नेपाल समुहको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकले बिभिन्न १० निर्णय गरेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड र नेपालले नेतृत्व गरेको समुहको बबरमहलस्थित कार्की ब्यांक्वेटमा मंगलबार दिउँसो वहुमत केन्द्रीय सदस्यहरुसहित बसेको बैठकले ओलीलाई निश्कासन गर्ने निर्णय गरेको हो ।
यस्तै अध्यक्ष पदमा माधव नेपाललाई बनाउने निर्णय पनि उक्त बैठकले गरेको छ । ४४७ केन्द्रीय कमिटीका ३१५ केन्द्रीय सदस्यहरुले बबरमहल बैठकमा हस्ताक्षर गरेका छन् । बैठकलाई प्रचण्ड,नेपाल, झलनाथ खनालगायतका नेताहरूले सम्बोधन गरेका थिए। प्रचण्डले ओलीको आह्वानमा बालुवाटारमा बसेको बैठक अवैधानिक भएको प्रतिक्रिया दिएका छन् ।
पार्टी एकता प्रक्रिया नै नटुंगिँदै मंगलबारदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दुई टुक्रामा विभाजित भएको छ ।
यस्ता छन् बैठकका निर्णयहरु

