पछिल्लो राजनीतिक घटनाक्रमप्रति चीनको चासोः राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगिन् चिनियाँ राजदूत

पछिल्लो राजनीतिक घटनाक्रमप्रति चीनको चासोः राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगिन् चिनियाँ राजदूत

  • मङ्लबार, पुस ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं ७ पुस ।

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चीनले चासो देखाएको छ । संसद विघटनपछि उत्पन्न परिस्थिती, प्रधानमन्त्री बिरुद्ध भईरहेको सडक प्रदर्शन र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला चीनले राजदुतमार्फत चासो देखाएको हो ।

यसैक्रममा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न आज शितलनिवास पुगेकी छन् । साँझ करिब ६ बजे राजदूत यान्छी राष्ट्रपति निवास पुगेको स्रोतले बताएको छ ।

एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि चिनियाँ दूतावासले मन्त्रालयमार्फत् समय मागेको बताईएको छ । र राजदुत बीचको भेट कोभिड(१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा केन्द्रित रहेको बताएपछि पछिल्लो राजनीतिक परिस्थितीका बारेमा छलफल भएको स्रोत बताउछ ।
यसअघि पनि नेकपाको विवाद भएका बेला राजदुत यान्छिले राजनीतिक भेटघाट गर्ने गरेकी थिईन् । तर अहिले भने संसद विघटन भएर पार्टीमा विभाजन देखिएपछि राष्ट्रपतिलाई भेट्न यान्छि शितलनिवास पुगेकी हुन् ।
राजदूत यान्छीले नेकपाको यसपटको विवादमा कुनै औपचारिक राजनीतिक भेटवार्ता गरेकी थिईन्न ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ