संसद सर्वोच्चबाट पुनस्थापित हुन्छ, ओली सरकार विघटन भयो, हामीसगँ ६५ प्रतिशत केन्द्रीय सदस्य छन्ः प्रचण्ड

संसद सर्वोच्चबाट पुनस्थापित हुन्छ, ओली सरकार विघटन भयो, हामीसगँ ६५ प्रतिशत केन्द्रीय सदस्य छन्ः प्रचण्ड

  • मङ्लबार, पुस ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

पुष ७ काठमाण्डौं । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड संसद विघटन नभई ओली सरकार विघटन भएको भन्दै सर्वोच्च अदालतबाट संसद पुनस्थापित हुने दाबी गरेका छन् ।

बबरमहलमा केन्द्रीय समितिको बैठकलाई संवोधन गर्दै प्रचण्डले ओलीको स्वेच्छाचारीताले अहिलेको स्थिति आए पनि संसद विघटन मान्न नसकिने दाबी गरे ।

उनले विद्यमान नेकपा केन्द्रीय समितिको ६५ प्रतिशत सदस्य यो बैठकमा रहेको भन्दै बालुवाटार भेलाको बैधानिकता नरहेको पनि बताए ।
यस्तै वामदेव गौतम र वादल पनि आफूहरुले नेतृत्व गरेको नेकपामा आउने विस्वास प्रचण्डले गरे ।
प्रचण्डले १ तिहाई केन्द्रीय सदस्य भएको वालुवाटार भेलाले झण्डै २ तिहाई सदस्य संख्या कसरी थप्नसक्यो ? यो सरासर नौटंकी भएको टिप्पणी गरे ।
यसअघि आजै बिहान बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ