ओलीलाई झलनाथ खनालको सन्देशः भीरबाट लड्ने गाईलाई काँध थाप्न सकिन्न

ओलीलाई झलनाथ खनालको सन्देशः भीरबाट लड्ने गाईलाई काँध थाप्न सकिन्न

  • मङ्लबार, पुस ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

पुष ७ काठमाण्डौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले एक पछि अर्को गल्ती गर्दै गएको भन्दै गलत काम छाडेर पार्टीमा आउन आग्रह गरेका छन् । बबरमहलमा बसिरहेको पार्टी केन्द्रीय समितिको बैठकमा खनालले भने, अन्यथा भीरबाट लड्ने गाईलाई काँध थाप्न सकिन्न ।
ओलीले गलत काम गरेको, संविधानको मर्म र भावनालाई कुल्चिएको, पार्टीभित्र गुटबन्दी गरेको कारण नै अहिलेको संकट निम्तिएको खनालले बताए ।
उनले आफ्नै पार्टीका कार्यकर्ताको हत्या हुँदा प्रहरीलाई उजुरी दर्ता नगर्न दबाब दिने, सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीलाई जानकारी नदिने, भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखसँग राति तीन घण्टासम्म छलफल गरेको बारेमा पार्टीलाई जानकारी नदिएको भन्दै देशलाई र पार्टीलाई नै गुमराहमा राखेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ