संसद जिँउदै रहेको भन्दै गुरुङ सहित नेकपाका सांसदले दिए निवेदन

संसद जिँउदै रहेको भन्दै गुरुङ सहित नेकपाका सांसदले दिए निवेदन

  • मङ्लबार, पुस ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 31.7K
    SHARES

पुष ७ काठमाण्डौं । संसद जिउदो रहेको र विघटन गर्न नपाईने भन्दै नेकपाका सांसदहरुले अदालतमा निवेदन दर्ता गराएका छन् ।
निवेदन दर्ता गराउन सांसद देव गुरुङ, कृष्ण भक्त पोखरेल, शशि श्रेष्ठ र रामकुमारी झाँक्रीले अदालत पुगेर निवेदन दिएका हुन् । चार जना सांसद मात्रै अदालत पुगेका थिए ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालसहित ९० सांसदको नामबाट रिट दिने तयारी भए पनि कागजात संकलनमा समस्या भए पछि थोरै सांसदले मात्रै निवेदन दिएका हुन् । तर रिटमा ९० जना सांसदले हस्ताक्षर गरेका छन् ।
रिटमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भन्दै अझै संसद जीवित रहेको आदेश गर्न सर्वोच्चसमक्ष माग गरिएको छ । सर्वोच्चमा हाल सम्म एक दर्जन बढी रिट परीसकेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ