प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी: ९ वटा एजेन्डा प्रस्तुत, नेपाललाई अध्यक्ष बनाउने स्थायी कमिटीको प्रस्ताव

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी: ९ वटा एजेन्डा प्रस्तुत, नेपाललाई अध्यक्ष बनाउने स्थायी कमिटीको प्रस्ताव

  • मङ्लबार, पुस ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ६ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहको केन्द्रीय कमिटीको बैठक बरमहलस्थित कार्की ब्याङ्केटमा जारी छ । बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधानसम्बन्धी प्रस्ताव लगायतका छन् ।

यसअघि आजै बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।

बबरमहलमा बसेको बैठकले प्रचण्ड र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ । स्थायी कमिटी बैठकलगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ ।

यस्तै, अध्यक्ष ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि दाहाल–नेपाल समूहले थप रणनीति तय गर्ने जनाइएको छ ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर पार्टीप्रवक्ता प्रदीप ज्ञवालीलाई तोकेको छ। सोहो बैठकले ११सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ भने २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ