पुष ७ काठमाडौँ । नेकपा भित्र अल्पमतमा परेको ओली समुहले छुट्टै बैठक राखी ११ सय ९९ जना जम्बो महाधिवेशन आयोजक समिति बनाएको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले अध्यक्ष ओलीको उक्त प्रस्तावलाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
ओलीले हिजो ५५६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको र पुरानो ४४७ जना गरी १००३ जना आजै टुंगो लागेको छ भने बाँकी एक सय ९६ जना पछि मनोनित गरिनेछ । नवनियुक्त सदस्यहरुले ओलीले आजै शपथ खुवाएको पनि थापाले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline