पुष ७ काठमाडौ। विभाजनको औपचारीक प्रकृया नजिक रहेका नेकपा भित्र ओली समुहको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु भएको छ ।
यो बैठकमा यस अघि साथ दिदै आएका बादल सहभागी छैनन् भने मध्यमार्गमा उभिएका बामदेव गौतम पनि सहभागी छैनन् ।
तर पूर्व माओवादी खेमाबाट आएका टोप बहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा भने ओली पक्षमा लागेका छन् । उनीहरु बैठकमा सहभागी भएका छन् ।
ओली समुहले यो बैठकबाट प्रचण्ड माधव नेपाल समुहलाई कार्बाहीको तयारी गरेको छ ।
यस अघि स्थायी समितिको बैठकले ओलीलाई अनुशासनको कार्बाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
यता प्रचण्ड नेपाल समुहको बैठक पनि दिउसो १ बजे पछि कार्की ब्याङक्वेट बबर महलमा बस्दै छ । केन्द्रीय समिति र स्थायी समितिमा ओली पक्ष अल्पमतमा रहेको छ ।
त्यस्तै संसदीय दलमा पनि प्रचण्ड माधव समुह नै बहुमतमा रहेको छ ।