सरकारमा रहेसम्म ओलीसँग, बाहिरिएपछि प्रचण्डसँगै हुनेछुः वादल

सरकारमा रहेसम्म ओलीसँग, बाहिरिएपछि प्रचण्डसँगै हुनेछुः वादल

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, ६ पुस । गृहमन्त्री रामबहादुर थापा वादल पूर्व माओवादी हुँदा सम्म प्रचण्डका विस्वास पात्र मानिन्थे । तर एमालेसँग पार्टी एकता भएपछि उनी केपी शर्मा ओलीको खेमामा प्रवेश गरे ।

दुई पार्टी मिलेर नेकपा बनेपछि बिस्तारै वादल र प्रचण्डबीच दुरी बढ्दै गयो र ओलीसँग वादल नजिकिए । नेकपामा पटकपटक भएको शक्ति संघर्षमा वादलले कहिले खुलेरै ओलीलाई साथ दिए भने कहिले मध्य बिन्दुमा बसेर प्रचण्ड र ओलीसँगको दुरीलाई व्यावस्थापन गर्ने गरेका थिए । यसअघि झण्डै फुटकै संघारमा नेकपाको बैठक चलिरहेका बेला बादलको भूमिकामाथि प्रश्न उठेको थियो ।
उनले केही समय देखि सरकारमा रहुञ्जेल ओलीसगँ रहने र पार्टी फुटेमा प्रचण्डसगँ रहने भनेर भन्ने गरेको प्रचण्ड निकट नेताहरु बताउछन् ।
यसो गर्दा हिजो प्रचण्ड माधव सहुमका सात मन्त्रीले राजीनामा दिदा पनि बादलले राजीनामा नदिए पछि वादल ओलीसगँ रहे भन्ने अनुमान गरिएको थियो ।
तर आज ओलीले बोलाएको बालुवाटार भेलामा पनि बादल गएनन् भने वानेश्वरमा प्रचण्ड नेपालले बोलाएको भेलामा पनि गएनन् ।
त्यसो त वामदेव गौतम पनि दुबैतिरको भेलामा उपस्थित भएका थिएनन् ।
वादलले आज आफ्नो समुहको नेताहरु बोलाएर राय लिनुका साथै आजै बेलुका सम्म धारणा सार्वजनिक गर्ने बताएका थिए ।
त्यसमा प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदम प्रतिगामी भन्ने निष्कर्षमा वादल रहेको र अन्तत राजीनामा दिएर प्रचण्डसगँ आउन सक्ने कतिपयको विष्लेषण छ तर त्यो कदम बादलले चाल्नु अघि केही भन्न सकिने अवस्था भने छैन ।
त्यसो त आज पुलचोक स्थित वादलको क्वार्टरमै पुगेर प्रचण्डले बादललाई आफ्नो कित्तामा उभिन आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ