पुष ६ काठमाडौँ । नेकपा भित्र पार्टी र संसदीय दल दुबैतिर बुहमतमा रहेको नेकपाको प्रचण्ड माधव सहुको सांसदहरुको भेलाले संसदको बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ ।
भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा गरेको छ ।
भेलामा उपस्थितिका लागि भनेर गरिएको हस्ताक्षर संकलनमा विघटित प्रतिनिधिसभाका ९० र राष्ट्रिय सभाका २४ सांसदले हस्ताक्षर गरेका छन् । बुधबारलाई फेरि संसदीय दलको बैठक बोलाउने निर्णय पनि भेलाले गरेको छ ।
भेलाले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नरहेको निष्कर्ष निकाल्दै प्रतिनिधि सभाको नियमित कार्बाही अघि बढाउन माग गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline