पुष ६ काठमाण्डौं । प्रधानमन्त्री ओलीले संसद विघटन खारेज गराउन नेकपाकै बहुमत सांसदहरु सर्वोच्च जाने भएका छन् । उनीहरुले अहिले सिंहदरबारमा हस्ताक्षर संकलन गरिरहेका छन् ।
प्रचण्ड नेपाल समुहमा ९० जना सांसद रहेका छन् । उनीहरुले यस अघि राष्ट्रपति कार्यलयमा बिशेष अधिवेशनका लागि निवेदन दिन खोज्दा दर्ता गरिएको थिएन भने संसद विघटन हुनु अघि नै प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
सर्वोच्चमा जानका लागि आज नेकपाका नेताहरुले कानुन व्यवशायीहरुसगँ परामर्श समेत गरेका थिए ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेको बिरुद्ध सर्वोच्चमा यस अघि नै ८ वटा रिट दायर भईसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline