नेकपामा छिरेर प्रचण्डले ओलीलाई कार्बाही गर्ने कुरा कसैले पत्याउदैन : ओली

नेकपामा छिरेर प्रचण्डले ओलीलाई कार्बाही गर्ने कुरा कसैले पत्याउदैन : ओली

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

पुष ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट नेताहरुको भेलामा प्रचण्डसगँ आफूलाई कार्बाही गर्ने हैसियत नभएको संकेत दिएका छन् ।
उनले नेकपामा छिरेर प्रचण्डले ओलीलाई कार्बाही गर्ने कुरा कसैले नपत्याउने भन्दै यो भएमा विश्वमै दुर्लभ घटना हुने बताए ।
वालुवाटारमा आफू निकटका सांसद, राष्ट्रिय सभा सदस्यहरुलाई संवोधन गर्दै ओलीले देशी विदेशी र खास गरी पार्टी भित्रैबाट असहयोग र घेराबन्दी गरिएकाले संसद विघटन गर्नु परेको भन्दै अब सरकारले गरेको राम्रो कामको प्रचार गर्दै चुनावमा जान अनुरोध गरेका थिए ।
प्रचण्डलाई एकतामा आउदा दोस्रो अध्यक्ष दिईए पनि त्यो उपाध्यक्ष सरह भएकाले उपाध्यक्षहरुले भेला गर्ने र कार्बाही गर्ने कुरा संभव नहुने ओलीले बताए ।
पार्टी एकतामा सिन्को नभाचेर उल्टै सरकारलाई असहयोग गरेर कामै गर्न नदिएको भन्दै ओलीले अब केन्द्रीय कमिटिको बैठक आफूले बोलाउने बताएका छन् ।
यस अघि हिजो प्रचण्डको नेतृत्वमा बसेको स्थायी समितिको बैठकले संसद विघटनप्रति आपत्ति जनाउदै ओलीलाई अनुशासनको कार्बाही गर्ने निर्णय गर्नुका साथै भोली सात पुषमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ