पुष ६ काठमाण्डौं । पूर्व माओवादी समुहबाट नेकपामा गए पनि पूर्व एमाले समुहका प्रधानमन्त्री ओलीलाई साथ दिदै आएका गृहमन्त्री राम बहादुर थापा आज ओलीले बोलाएको भेलामा गएका छैनन् ।
अहिले बालुवाटारमा जारी भेलामा बादल जाने अनुमान बिपरीत उनले पूर्व माओवादीमा बैद्यको साथ छाडेर सगैँ गएका आफ्नो समुहका नेताहरुसगँ परामर्श गरेको स्रोतले जनाएको छ ।
देव गुरुङ, पम्फा भुषाल सहितका नेता बादल समुहमा रहँदै आएका छन् ।
उनले हिजो प्रचण्ड नेपाल समुहबाट राजीनामा दिएका बेला राजीनामा पनि दिएका थिएनन् ।
उनले आफ्नो समुहसगँ परामर्श गरे पछि प्रचण्ड नेपाल या ओली समुहसगँ रहने निधो गर्न सक्ने या तठस्त रहने भन्ने निर्णय लिने बताईएको छ ।
पूर्व माओवादीबाट कैलालीका लेखराज भट्टले भने ओलीलाई साथ दिदै आएका छन् । उनले राजीनामा दिएका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline