पुष ५ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रतिनिधि सभाको विघटनले संसदीय व्यवस्थाको असफलताको पुष्टी गरेको बताएका छन् । आज साँझ एक विज्ञप्ति जारी गरी महासचिव विप्लवले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल भए पछि फासीवादको साहाराद्धारा आफ्नो संकट टार्न खोज्ने संसदवादी तत्वहरुको विश्वव्यापी चरित्र अनुसार केपी ओलीले यो कदम चालेको बताएका छन ।
यसले दलाल पुजीवादी संसदीय व्यवस्थाको असफलता र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको आवस्यकतालाई निर्विकल्प रुपले पुष्टी गरेको भन्दै तीन दशक सम्म जनताले पूर्ण मौका दिदा दिदै पनि असफल भएको ंसंसदीय व्यवस्थाको गोलचक्करबाट नयाँ समाधान हुने भ्रममा पर्न नहुने बताएका छन ।
संकटको वास्तविक समाधानका लागि सम्पूर्ण कम्युनिष्ट, वामपन्थी, लोकतन्त्रवादी,देशभक्त शक्तिहरुलाई नयाँ आधारमा ऐतिहासिक संवाद,सहकार्य र मोर्चाबन्दीमा जुटन विप्लवले अपील गरेका छन् ।