संसद् विघटनविरुद्ध सर्वोच्चमा पर्यो तीन वटा निवेदन, सोमबारमात्रै दर्ता गर्ने

संसद् विघटनविरुद्ध सर्वोच्चमा पर्यो तीन वटा निवेदन, सोमबारमात्रै दर्ता गर्ने

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, ५ पुस । सरकारले गरेका संसद विघटनका बिरुद्ध सर्वोच्च अदालतमा निवेदन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध आज एकैदिन तीन वटा निवेदन पेस भएको हो ।
तर निवेदन दर्ता भने भएका छैनन् । अरु पनि निवेदन पर्नसक्ने भन्दै सर्वोच्च अदालत प्रशासनले ती निवेदन सोमबारमात्रै दर्ता गर्ने जनाएको छ ।

अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसी, अधिवक्ताद्धय समृत र सुलभ खरेल तथा अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै निवेदन पेस गरेका छन् । उता, सोमबार नेकपाका केही नेताहरुको तर्फबाट रिट निवेदन दर्ताको तयारी भएको जानकारी आएकाले आज परेका निवेदनलाई पनि दर्ता नगरि राखिएको अदालत स्रोतले जनाएको छ ।

सबै निवेदनहरुमा प्रधानमन्त्रीले गरेको सिफारिस र त्यसको अनुमोदन संविधानविपरी र भएकाले बदरको माग गरिएको छ भने तत्काल प्रारम्भिक सुनुवाइ गरी अन्तरिम आदेश हुनुपर्ने माग समेत छ ।
अदालतमा पेश भएका निवेदन भोली एकैदिन दर्ता गर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ