पाँच महिना पछि बैशाख २३ गते आम निर्वाचन गर्ने गरी प्रधानमन्त्रीले गरे सिफारीस

पाँच महिना पछि बैशाख २३ गते आम निर्वाचन गर्ने गरी प्रधानमन्त्रीले गरे सिफारीस

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

पुष ५ काठमाण्डौं । अप्रत्यासित रुपमा संसद भंग गर्ने सिफारीस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाख २३ गते आम निर्वाचन गर्ने प्रस्ताव गरेका छन् ।
राष्ट्रपतिलाई संसद विघटनको सिफारीस गर्दै उक्त निर्वाचन मिति समेत प्रस्ताव गरिएको स्रोतले जनाएको छ ।
राष्ट्रपतिसगँ यीनै बिषयमा छलफल गरे पछि ओली बालुवाटार फिर्ता भएका छन् । अहिले ओलीको उक्त कदमको चौतर्फी बिरोध भईरहेको छ ।
पार्टीका नेता र कतिपय मन्त्रीलाई समेत थाहै नदिई उनले यस्तो सिफारीस गरेका थिए ।
राष्ट्रपतिले यतिखेर सम्म उक्त सिफारीसमा स्वीकृत गरीसकेकी छैनन् ।
काँग्रेस सहित अन्य दल र नेताले यो सिफारीस अनुमोदन नगर्न राष्ट्रपतिलाई आग्रह गरीरहेका छन् ।
८० अर्ब भन्दा बढी खर्च गरेर संसदको निर्वाचन गरेको तीन वर्ष वित्दा नवित्दै पुनः यो संसद भंग गरी अर्को निर्वाचनको मिति प्रस्ताव गरिए पछि यसको कडा आलोचना भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ