संसद विघटन असवैधानिक हो, यसलाई जनताले अस्वीकार गर्नेछन: देव गुरुङ

संसद विघटन असवैधानिक हो, यसलाई जनताले अस्वीकार गर्नेछन: देव गुरुङ

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारीस गरे पछि त्यले देशको राजनीतिमा नयाँ तरंग आएको छ । यो अप्रत्यासित निर्णयले आश्चर्यमा परेका नेकपाकै नेताहरुले यो असंवैधानिक भएको भन्दै संसद पुनस्थापना हुनु पर्ने माग गरेका छन् ।
मिर्मिरे अनलाईनसगँ कुरा गर्दै नेकपाका स्थायी समिति सदस्य एवं संसदीय दलका सचेतक देब गुरुङले प्रधानमन्त्रीले संसद विघटन गर्नु सर्वसत्तावादी र एकाधिकारवादी भएको भन्दै यस्तो शासन राजा र राणाको कालमा पनि भोगेको भन्दै यसलाई पनि जनताले अस्वीकार गर्ने चेतावनी दिए ।
ओलीको यो कदमले पार्टी विघटन भईसकेको स्थिति रहेकैले पार्टी अलग हुनु या नहुनु औपचारीकता पाउनु नपाउनु सामान्य कुरा भएको गुरुङले टिप्पणी गरे ।
संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई संसदले नदिएको भन्दै अब पार्टीले विधि र पद्धति अनुसार अगाडी बढेर काम गर्ने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ