पुष ६ काठमाण्डौं । पार्टी भित्र अल्पमतमा परेर घेराबन्दी महसुस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरुद्ध खडा भएको बलियो मोर्चा तोड्न अनेक कसरत जारी राखेका छन् ।
पार्टी कमिटि र निर्णयका नाममा आफूलाई सरकार सञ्चालन गर्न अप्ठ्यारो पारको र असहयोग भएको महसुस गरीरहेका प्रधानमन्त्री ओलीले पटक पटक माधव कुमार नेपाल र वामदेव गौतमलाई फकाउने कोशिस गरे पनि अहिले सफल हुन नसकेको अवस्थामा अन्तिममा पुनः वामदेव गौतमको कोर्टमा नयाँ प्रस्ताव फ्याँकिएको छ ।
अर्थात, वामदेव गौतम पार्टी अध्यक्ष बन्ने । ओलीको निर्देशन अनुसार नै उनी निकट नेताहरुले गौतमलाई यो अफर दिएका कारण नै गौतमले शुक्रबार पेरिसडाँडामा प्रचण्ड माधव समुहको भेलामा उपस्थिति जनाएनन् ।
अहिले पूर्व एमाले समुहको तर्फबाट अध्यक्ष बन्न गौतमलाई प्रस्ताव गरिए पछि उनले आफू निकट केन्द्रीय सदस्यहरुसगँ परामर्श गरेका छन् । भैसेपाटी स्थित गौतम निवासमा भएको छलफलमा सहभागीहरुले भने प्रचण्ड र माधव नेपाललाई समेत मान्य हुने स्थितिमा मात्रै प्याकेजमा सहमति खोज्नु पर्ने सुझाव दिएका छन् ।
ओलीले नवौँ महाधिवेशन गर्दा आफ्नै निवासमा ओलीलाई अध्यक्ष बनाउन भूमिका खेल्न भएको सहमति पछि धोका पाएको महसुस गर्दै आएका गौतमलाई संभावित प्रधानमन्त्रीकै रुपमा हेरेकाले हो या किन उनलाई यस पटक पूर्व एमाले र माओवादी मिलेको अवस्थामा समेत निर्वाचन हराईएको महसुस गौतम निकट नेताहरु गर्दछन् । यो खुल्ला रहस्य जत्तिकै छ ।
त्यस पछि गौतमलाई प्रधानमन्त्री बनाउन संविधान शसोधन नै गर्न खोज्ने प्रयास पनि सफल भएन भने प्रतिनिधिसभाको रिक्त निर्वाचन क्षेत्र या कसैलाई राजीनामा गराएर पुनः निर्वाचित गरेर सदमा प्रवेश गराई प्रधानमन्त्री बन्ने बाटो खोल्ने प्रयास पनि गौतमका लागि धोका बराबर भएको छ ।
त्यसै गरी राष्ट्रिय सभामा गएर अर्थमन्त्री बन्ने सपना पनि गौतमको पूरा भएन । केही समय सर्वोच्चले छेक्दा अर्थमन्त्रालय विष्णु पौडेलको हातमा पुग्यो ।
यस पछि गौतम प्रचण्ड माधव टिममा रहेका छन् । यदी ओलीको प्रस्ताव मानेर अघि जाँदा सचिवालयमा प्रचण्ड माधव समुह अल्पमतमा पर्ने छ ।
यही लेखाजोखा गरेर वामदेवलाई यो प्रस्ताव गरिएको भन्दै यसमा पूरै विस्वस्त हुन सकिने अवस्था नरहेको गौतम निकटका नेताहरुले सmुझाएका छन् ।