ओलीलाई दबाब दिन कांग्रेस र समाजवादीबीच दुई बुँदे सहमति !

ओलीलाई दबाब दिन कांग्रेस र समाजवादीबीच दुई बुँदे सहमति !

  • शनिबार, पुस ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

४ पुष, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने र संसदमा प्रतिपक्षी दलहरुबीच सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।

शनिबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकन्ठमा दुई दलका शीर्ष नेताहरुबीच भएको छलफलपछि सरकारलाईस दबाव दिनका लागि २ बुँदे समझदारी भएको हो ।

छलफलमा कांग्रेस सभापति देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, मीनेन्द्र रिजाल र रमेश लेखक र जसपाको तर्फबाट कार्यकारी अध्यक्ष महन्थ ठाकुर, डा बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागि थिए ।

सो क्रममा सरकारको पछिल्लो भूमिका र गतिविधिप्रति सहभागि नेताहरुले धारणा राखेका थिए ।
संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने र कोभिड १९ संकट लगायत जनसरोकारका सवालमा संसदभित्र प्रतिपक्षी दलहरुबीच सहकार्य गरेर अगाडि बढ्ने गरी २ बुँदे सम्झौता गरिएको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ