आरोप पत्र फिर्ता लिन ओलीको आग्रह, बैठकमै छलफल गरौंँ : प्रचण्ड

आरोप पत्र फिर्ता लिन ओलीको आग्रह, बैठकमै छलफल गरौंँ : प्रचण्ड

  • शनिबार, पुस ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

पुष ४ काठमाण्डौं । पहिलो पटक प्रचण्ड निवास पुगेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कार्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिन आग्रह दोहोर्याएका छन् ।
उनले प्रचण्डको प्रतिवेदनलाई आरोप पत्र भन्दै यसमा छलफल हुन नसक्ने अडान राख्द ै आएका ओलीले यसलाई आरोप पत्रको संज्ञा दिदै फिर्ता लिन पुनः आग्रह गरेका हुन् ।
प्रचण्डको यो प्रतिवेदनमा ओली बिरुद्ध विभिन्न आरोप लगाईएको छ ।
त्यस पछि पटक पटक बैठक छाडेका ओलीले यसका बिरुद्ध लिखित जवाफी पत्र मंसीर १३ गते लेखेका थिए ।
त्यस पछि पनि प्रस्ताव फिर्ता नभए पछि ओली आक्रोसित हुँदै आएका छन् । प्रचण्ड नेपाल समुहले उक्त प्रतिवेदन फिर्ता लिन अस्वीकार गर्दै आएको छ ।
छलफलमा प्रचण्डले भने तत्कालै अध्यादेश फिर्ता लिनु पर्ने र बैठकबाट सबै कुराको टुंगो लगाउनु पर्ने बताएको स्रोतले जनाएको छ ।
वामदेव गौतम समेत सहभागी छलफलमा ठोस रुपले कुनै सहमति भने नभएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ