पुष ४ काठमाण्डौं । पछिल्लो पटकको अध्यादेश प्रकरण सहित पार्टी भित्र देखा परेका गंभीर विवादका बीच प्रचण्डसँग सहमति कायम गर्न प्रधानमन्त्री केपी ओली फेरी सक्रिय भएका छन् ।
पार्टी बैठक र निर्णयको प्रवाह नगरी धमाधम निर्णय गर्दै अघि बढेका ओलीले चौतर्फी घेराबन्दी बढीरहेका बेला उनी प्रचण्डसगँ सहमति खोज्न सक्रिय बनेका हुन् ।
प्रधानमन्त्री ओली पहिलो पटक प्रचण्ड निवास खुमलटार पुगेर छलफल शुरु गरेका छन् । दुई नेताबीच छलफल चलिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका छन् । उनी पनि छलफलमा सहभागी भएको भएका हुन् । हिजो प्रचण्ड माधव पक्षको एक नं प्रदेशका नेताहरुको भेलामा गौतम गएका थिएनन् । छलफलमा के के भयो भन्ने बिषय बाहिर आउन बाँकी छ ।
पार्टी भित्र आरोप प्रत्यारोप र गुटगत भेला जारी रहेका बेला ओली खुमलटार जानुलाई अर्थपूर्ण मानिएको छ ।
हिजो पेरिसडाँडामा भएको आफू पक्षीय कार्यकर्ता भेलामा प्रचण्डले ओलीलाई निषेध हैन नियन्त्रण गरेर जान खोजिएको अभिव्यक्ति दिएका थिए ।