वामदेवको दोबाटोः कहिले यता कहिले उता ?

वामदेवको दोबाटोः कहिले यता कहिले उता ?

  • शनिबार, पुस ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पुष ४ काठमाण्डौं । नेकपा भित्र पार्टी भित्र पार्टी र समुह भित्र पनि समुह जस्तो स्थिति छ । यस्तोमा दुई अध्यक्ष सहितको ९ सदस्यीय सचिवालयमा वामदेव उपाध्यक्ष सहित महत्वपूर्ण सदस्य हुन् । भलै बरियतामा उनी ओली, प्रचण्ड, माधव, झलनाथ खनाल भन्दा पछि छन् ।
तर ९ सदस्यीय सचिवालय मध्य प्रचण्ड माधव नेपालले नेतृत्व गरीरहेको समुहमा उनी सामेल थिए । यस अघि विभिन्न बैठकमा उनले ओलीलाई साथ दिने सहमति पनि नदिएका हैनन् तर धोका भएको भन्दै उनी पुनः प्रचण्ड माधव पक्षमै उभिएका थिए ।
ओलीले उनलाई धेरै पटक आस्वासन र प्रलोभन नदिएका पनि हैनन् । उनी कहिले कुन क्षेत्रमा कहिले कुन क्षेत्रमा प्रतिनिधि सभाको रिक्त स्थानमा या कसैलाई राजीनामा गराएर भए पनि निर्वाचित गराउने सहमति पनि नभएको हैन । त्यो भनेको गौतमका लागि प्रधानमन्त्री बन्ने बाटो खोल्नु हो ।
गौतमले समकालीन साथीहरु सबै प्रधानमन्त्री भएकाले र आफ्नो उमेर ढल्किदै गएकाले पनि एक पटक प्रधानमन्त्री हुने चाहना खुलेर पार्टीमा राखेका छन् । त्यसलाई कार्यकर्ताले अनौठो मानेका पनि छैनन् ।
तर वामदेवका लागि संविधान शंसोधन गरिन खोज्दा पार्टी भित्रैबाट सविधान संसोधनको बिपक्षमा आवाज उठे पछि त्यो पनि खेर गयो ।
त्यस पछि राष्ट्रिय सभामा जाने सहमति जनाए पनि उनलाई नबनाई पूर्व अर्थमन्त्री युवराज खतिवडालाई नै बनाउने प्रधानमन्त्री ओलीको अडान लामो समय रहँदा गौतम निराश बने र प्रचण्ड माधव समुहमै उभिए ।
खतिवडालाई अमेरीकाको राजदुत बनाउने सहमति पछि उनलाई मन्त्री र राष्ट्रिय सभामा नलगि बल्ल गौतमलाई लगियो ।
ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित गर्न गौतमले महत्वपूर्ण भूमिका खेलेका थिए । भैसेपाटी स्थित गौतम निवासमा ओलीलाई अध्यक्ष बनाउने र अर्को कार्यकाल गौतमलाई बनाउने सहमति भए पनि त्यो बेलाको सहमति ओलीले कार्यन्वयन नगरेको गौतमले महसुस गर्दै आएको बताईन्छ ।
त्यस पछि अहिले ओली बिरोधी समुहमा सामेल गौतमले फेरी शुक्रबार प्रचण्ड माधव समुहको पेरिसडाँडामा भएको भेलामा उपस्थित हुन मानेनन् । उनले आफू कुनै पनि गुटको भेलामा नजाने सन्देश नेताहरुलाई दिएका थिए । पाँच नेताको बैठकमा जाने तर गुटगत भेलामा नजाने गौतमको यो अडानले प्रचण्ड माधव समुहको पल्ला कमजोर हुन सक्छ ।
निर्णायक रुपमा अध्यादेश र पार्टी सचिवालयको बैठकमा गागैतम जता उभिन्छन् उतैको बहुमत हुने भएकाले गौतमको भूमिका निर्णायक छ । तर गौतमले गुटगत भेलामा जाँदिन भनेर दिएको सन्देशको परिणाम के होला त ? कायर्ताहरु प्रतिक्षामा छन् । गौतम बैठकबाटै सबै समस्याको समाधान हुनु पर्ने पक्षमा छन् तर उनको कुराको सुनुवाई हुन सकिरहेको छैन ।
तर प्रचण्ड माधव निकट एक नेताले गौतम कहिले यता कहिले उता गर्दा गर्दै उनी जहिल्यै धोका खान पुग्ने गरेकाले उनी स्पष्ट रुपमा उभिनु पर्ने तर्क गर्दछन् ।
त्यसो त केही समय अघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गौतमले गृहमन्त्री हुन्दा बाटो काट्दा जेब्रा क्रसको प्रयोग नगरी डोरी नाघेको तस्वीर सार्वजनिक गरेर को कस्तो ? तस्वीर काफी छ ! भनेर भनेर सांकेतिक रुपमा गौतमको दोधारे चरित्र भन्ने सन्देश दिन खोजेका थिए ।
यस बीचमा पनि ओली स्वयं र उनी निकट नेताले पनि भैँसेपाटीमा गौतम निवास धाए पनि उनले ओलीलाई साथ दिन मानेका थिएनन् । भलै गौतमको पछिल्लो कदमलाई भने पार्टी एकता जोगाउने प्रयासको रुपमा पनि कतिपय नेताले लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ