किन भयो प्रचण्ड माधव र रामचन्द्र पौडेलबीच गोप्य भेटवार्ता ?

किन भयो प्रचण्ड माधव र रामचन्द्र पौडेलबीच गोप्य भेटवार्ता ?

  • शुक्रबार, पुस ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

पुष ४ काठमाण्डौं । नेकपा भित्र गंभीर संकट पैदा भएका बेला नेकपा भित्रका अलग अलग समुहले काँग्रेस नेताहरुसगँ अलग अलग हिस्सालाई भेटघाट गर्ने गरेको देखिन्छ ।
यस अघि पार्टी विवाद बढीरहेका बेला नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेर बहादुर देउवासगँ पटक पटक भेटघाट गरे भने अर्का नेता शेखर कोईरालासगँ पनि भेट गरे ।
ओली र देउवाबीचको भेटमा संवैधानिक परिषद्मा भागवण्डा गरेर सहमति हुन सक्ने या पार्टी विभाजन पछि सहकार्य गर्ने बिषय समेच चर्चा भएको आशंकामा प्रचण्ड माधव समुहले पनि काँग्रेस भित्रको अर्को खेमाको नेतृत्व गरीरहेका नेता रामचन्द्र पौडेललाई भेटेका छन् ।
पौडेल माईतीघरमा उखु किशानलाई भेटे पछि प्रचण्ड र नेपाललाई भेट्न कुनै एक नेकपाका नेताको घरमा गएको स्रोतले जनाएको छ ।
अब प्रधानमन्त्री ओलीले चाल्ने संभावित कदम र काँग्रेस सभापति शेर बहादुर देउवाको भूमिका शंका लाग्ने गरेको भन्दै नियन्त्रण गर्न पौडेललाई प्रचण्ड नेपालले सुझाएको दाबी गरिएको छ । यद्यपि, यो भेटवार्ता गोप्य राख्न खोजिएको छ ।
एकातिर अध्यादेश फिर्ता लिने निर्णय भएर पनि प्रधानमन्त्रीले कार्यन्वयन नगरेको अवस्था र अर्कोतिर प्रचण्ड माधव समुहले पनि पार्टीका आन्तरीक समुहगत भेलाहरु जारी राखेको अवस्थामा यो भेट भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ