सभामुख अग्नी सापकोटा बिरुद्ध कर्तव्य ज्यान मुद्धामा पेशी तोकियो 

सभामुख अग्नी सापकोटा बिरुद्ध कर्तव्य ज्यान मुद्धामा पेशी तोकियो 

  • शुक्रबार, पुस ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 36.5K
    SHARES

२ पुस, काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धी कर्तव्य ज्यान मुद्धा खेप्दै आएका सभामुख अग्नी सापकोटाको मुद्धामा सर्बोच्चले पेशी तोकेको छ ।

संवैधानिक परिषद्को बैठकमा अनुपस्थित भएर सरकारलाई असहयोग गरेको चर्चा चलिरहँदा सापकोटा बिरुद्धको मुद्धाले पेशी पाउनुलाई सापकोटा समर्थकहरुले आश्चर्य मानेका छन् ।
यस मुद्धा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको छ ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेसीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाई सरेको थियो ।

१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता लामालाई खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

त्यसविरुद्ध पूर्णिमायाले सर्वोच्चमा रिट हालेपछि २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो ।
त्यस पछि यो मुद्धा बिचाराधीन अवस्थामा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ