प्रचण्ड माधव पक्षको एक नं प्रदेशका नेता कार्यकर्ताको भेला आज

प्रचण्ड माधव पक्षको एक नं प्रदेशका नेता कार्यकर्ताको भेला आज

  • शुक्रबार, पुस ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

पुष ३ काठमाण्डौं । आन्तरीक विवादका बीच अध्यादेश फिर्ता लिने भनी भएको सहमति विपरीत अध्यादेश फिर्ता लिनुको साटो उल्टै संवैधानिक परिषद्को बैठक राखे पछि पुनः आक्रोसित बनेको प्रचण्ड माधव समुहले आज प्रदेश १ का नेता कार्यकर्ताको भेला आयोजना गरेको छ ।
उनीहरुले अब तल्लो स्तरमा पनि आफू पक्षीय नेता कार्यकर्ताको भेला जारी राख्दै अघि बढ्न थालेका छन् । यस अघि बागमती प्रदेशका नेता कार्यकर्ता भेला पारेको प्रचण्ड माधव समुहले आज प्रदेश १ का नेता कार्यकर्ताको भेला राखेको छ ।
आज दिउसो १ बजे पछि भेलाको आयोजना गरिएको नेकपा निकट स्रोतले जनाएको छ । यसका लागि प्रदेश १ को १४ जिल्लाकै नेताहरु सके सम्म काठमाण्डौमा बोलाईएको छ ।
त्यसो त ओली पक्षले पनि मदन भण्डारी फाउन्डेशनको नाममा कार्यकर्ताहरुको भेला कार्यक्रमहरु गर्दै आएका छन् ।
एक पछि अर्को गर्दै नेकपा भित्रको संकटले झन उग्र रुप लिने संकेत देखिएको छ ।
यता अध्यादेश फिर्ता नलिएमा आकस्मिक स्थायी समितिको बैठक बस्ने र बिशेष अधिवेशन बोलाउने र राष्टूपतिलाई महाअभियोग लगाउने एवं प्रधानमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव ल्याउने सम्मको चेतावनी प्रचण्ड माधव पक्षले दिईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ