पुष २ काठमाडौँ । पटक पटक कोरम नपुगेर बस्न नसकेको र अध्यादेश ल्याए पछि अझ विवाद बढेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः बोलाएको संवैधानिक परिषद्को बैठक फेरी स्थगित भएको छ । बैठक आज साँझ ५ बजे बोलाईएको थियो । अध्यादेश फिर्ता लिने हिजो भएको निर्णय विपरीत सोही अध्यादेशले व्यवस्था गरेको प्रावधान अनुसार बैठक राखिएकोमा नेकपाका नेताहरुले आपत्ति जनाएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीले ल्याएको अध्यादेश फिर्ता लिने नेकपाको स्थायी समितिले निर्णय गरेको थियो ।
आजको बैठकमा पनि काँग्रेस सभापति शेर बहादुर देउवा र सभामुख अग्नी सापकोटाले उपस्थित नहुने संकेत दिएका थिए ।
संवैधानिक परिषद्को बैठक राखेको थाहा पाए पछि प्रचण्ड ओलीलाई भेट्न वालुवाटार पुगेको र सो भेट पछि बैठक रोकिएको स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline