देश ठूलो रिणमा रहँदा पनि श्रींलकाले खारेज गर्यो एमसीसी, नेपालमा अझै विवादीत

देश ठूलो रिणमा रहँदा पनि श्रींलकाले खारेज गर्यो एमसीसी, नेपालमा अझै विवादीत

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.2K
    SHARES

पुष २ काठमाडौँ । देश ठूलो रिणमा रहे पनि मित्र राष्ट्र श्रींलकाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) खारेज गरेको छ । एमसीसीद्धारा प्रस्तावित ४८० मिलियन अमेरिकी डलरबराबरको सम्झौता रद्द गरेको छ । एमसीसीको बोर्ड अफ् डाइरेक्टर्सको बैठकले सम्झौता रद्ध गर्ने निर्णय गरेको हो ।

‘डिसेम्बर १५ मा बसेको एमसीसी बोर्ड अफ डाइरेक्टर्सको बैठकले अमेरिकी सरकारको अनुदान सहयोगका लागि नयाँ मुलुकहरु चयन गरेको छ ।
एमसीसीले नीतिगत सुधार र गरिबी न्यूनीकरणका लागि भन्दै सिएरा लियोन र किरिबाटीलाई उक्त कार्यक्रमका लागि छनोट गरेको छ । त्यस्तै सोलोमन आइल्यान्डलाई लागि २३ मिलियन अमेरिकी डलर बराबरको ‘थ्रेसहोल्ड प्रोगाम’ का लागि छनोट पनि गरेको छ ।

सन् २०१९ को अप्रिलमा एमसीसीले श्रीलंकामा ४८० मिलियन अमेरिकी डलरबराबरको अनुदानका विभिन्न परियोजना निर्माणका लागि सम्झौता प्रस्ताव स्वीकृत गरेको थियो । तर श्रीलंकाले उक्त सम्झौता अनुमोदन गरेन ।
तत्कालीन श्रीलंकाली सरकारले उक्त सम्झौतालाई प्रारम्भिक स्वीकृति दिए पनि सन् २०१९ मा नयाँ सरकार बनेपछि यो सम्झौता खारेज गरिदिएको थियो ।

गत वर्षको जनवरीमा श्रीलंकाली सरकारले प्रस्तावित एमसीसी सम्झौताका बारेमा अध्ययन गर्न एउटा कमिटी गठन गरेको थियो ।

प्रस्तावित एमसीसी सम्झौता कार्यान्वयन गर्ने–नगर्ने सम्बन्धमा सुझाव दिनका लागि सरकारले कोलम्बो विश्वविद्यालयका प्राध्यापक ललितश्री गुणरुवानको संयोजकत्वमा कमिटी गठन गरेको थियो । उक्त कमिटीको सिफारिसका आधारमा श्रीलंकाली सरकारले ‘बिनासर्त’ उक्त सम्झौता अस्वीकार गर्ने निर्णय गरेको थियो ।

श्रीलंकाले देश ठूलो रिणमा रहेको अवस्थामा पनि राष्ट्रिय सुरक्षाको कारण देखाउदै अमेरीकी अनुदान र सहयोगसगँ सम्बन्धि परियोजना अस्वीकार गरेको हो ।

नेपालमा पनि राष्ट्रिय सुरक्षासगँ सम्बन्धि जोखिम र विभिन्न कारण देखाउदै एमसीसीको बिरुद्ध व्यापक प्रदर्शन र बिरोध भए पनि सरकार यसलाई अनुमोदन गर्न प्रयासरत रहेको छ । एमसीसीलाई लिएर नेकपा भित्रै विवाद रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ