यस्तो छ राष्ट्रपति कार्यालयले दर्ता गर्न नमानेको ८३ सांसदको हस्ताक्षरित पत्र

यस्तो छ राष्ट्रपति कार्यालयले दर्ता गर्न नमानेको ८३ सांसदको हस्ताक्षरित पत्र

  • बिहिबार, पुस २, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषद सम्बन्धि नयाँ अध्ययादेश ल्याएर पार्टी भित्र र विपक्षी लाई बेवास्था गर्दै बैठक समेत बसाउनु भएका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अन्तत सांसदहरुको एक पत्रका कारण झुक्न बाध्य भए ।
२४ घटाअघि प्रधानमन्त्री ओली संसद अधिवेशन आह्वानको माग गर्दै नेकपाका सांसदहरुले पत्र राष्ट्पति कार्यलयमा दर्ता गराउन हस्ताक्षरसहित बोकेर पुगेपछि पछि हटेका हुन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका ८३ सांसदको हस्ताक्षर गरेर अध्यादेश जारी गराउने राष्ट्रपति कार्यालयमा संसदको विशेष अधिवेशन मागको पत्र दर्ताका लागि लिएर पुगेका थिए ।

उक्त पत्र दर्ता गर्न भने राष्ट्रपति कार्यालयले आलटाल गरिरहेको थियो । करिब ६ घण्टासम्म सांसदहरु पत्र बोकेर बसिरहे । राष्ट्रपति कार्यालयका सचिव सम्पर्कविहीन बनेर नेकपा नेता भीम रावल र पम्फा भुषाललाई कुराइदिएका थिए ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको विषयमा छलफल गर्न जरुरी रहेकाले संसद बैठक बोलाउन माग गरिएको पत्रमा जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात् संवैधानिक परिषद (काम कर्तव्य र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको उल्लेख छ ।

संविधानको व्यवस्था अनुसार नै प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाई बढी सांसदहरूले बैठक बोलाउन माग गरेको कुरा पनि पत्रमा छ ।

हेनुर्स् उक्त पत्र

लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ