काँग्रेसद्वारा संसद् बैठक बोलाउन माग

काँग्रेसद्वारा संसद् बैठक बोलाउन माग

  • बुधबार, पुस १, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्को अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ । काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी मङ्सिर ३० गते जारी अध्यादेश संविधानको मर्म र भावनाविपरीत रहेकोे ठहरसमेत गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संविधानको मर्मविपरीत अध्यादेश जारी गरेर सरकारले अलोकतान्त्रिक चरित्र उजागर गरेको’ आरोप लगाएको छ ।

‘संवैधानिक परिषद्को गरिमा समाप्त पारेर जारी अध्यादेशपछि कुनै पनि निर्णय भएको या गरिने दुवै स्थिति’ काँग्रेसलाई मान्य नहुने जनाउँदै बैठकले अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी जारी अध्यादेश एवं अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न काँग्रेस संसदीय दल कार्यसमिति बैठक यही पुस ३ गते बोलाउने निर्णय गरेको छ । गत मङ्सिर २९ को देशव्यापी प्रदर्शनले तनहुँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको व्यवहार, कोभिड–१९ विरुद्ध सरकारको कामकारवाहीविरुद्ध व्यापक जनअभिमत प्रकट गरेको निष्कर्षसहित बैठकले सहभागी सबैमा बधाई ज्ञापन गरेको उहाँले बताउनुभयो ।

बैठकले उखु किसानको माग सुनुवाइ गरेर उखुको बक्यौता अविलम्ब चुक्ता गर्न, गराउन आवश्यक पहल र समन्वयका लागि सरकारसँग माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ