काठमाडौं, १ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली आज सांसद विशेष अधिवेशन माग गर्दै निवेदन र सांसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय पुगेका हुन्।
आजै नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ। बैठकमा मंगलबार जारी भएको विवादित अध्यादेशबारे छलफल हुने जनाइएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालयका पाँच नेताले अध्यादेश फिर्ता गर्नुपर्ने बताएका छन्।
मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विध्यादेवी भण्डारीले मंगबलार संवैधानिक परिषद बैठकसम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फी विरोध भइरहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline