पुस १, काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफलमा जुटेका छन् । स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहाल छलफलमा बसेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
तीन दिनको स्थगनपछि बुधबार स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश ल्याएपछि नेकपा विवाद नयाँ मोडमा पुगेको छ ।
यसैबीच बुधबार बिहान ओलीनिकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलले खुमलटार पुगेर अध्यक्ष दाहाललाई भेटेर दुई अध्यक्ष छलफलमा बस्न सुझाव दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline