आज नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता लिन बहुमत सचिवालय सदस्यको माग

आज नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता लिन बहुमत सचिवालय सदस्यको माग

  • बुधबार, पुस १, २०७७
  • मिर्मिरे अनलाइन

  • 17K
    SHARES

काठमाडौं, १ पुस ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबारको बैठक शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित भएको थियो ।
आजको बैठकमा संवैधानिक परिषद् सम्बन्धी नयाँ अध्यादेशबारे छलफल हुनेभएको छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्श नगरि अध्यादेश ल्याएको भन्दै बहुमत सदस्यले फिर्ता लिन माग गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलवार संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन ।

ओलीले पार्टीमा परामर्श नै नगरी ल्याइएको अध्यादेश फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।अध्यादेश जारी भएलगत्तै दाहाल निवास खुमलटारमा भेला भएका असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन ।

पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद थप चर्किएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ