भोली नेकपाको स्थायी कमिटी बैठक, नयाँ अध्यादेशले कस्तो पार्ला प्रभाव ?

भोली नेकपाको स्थायी कमिटी बैठक, नयाँ अध्यादेशले कस्तो पार्ला प्रभाव ?

  • मङ्लबार, मंसिर ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, ३० मंसिर । सत्तारुढ नेकपाभित्र जारी विवाद सरकारले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश ल्याएपछि झनै चर्किएको छ ।
बुधबारको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित अध्यादेश ल्याएपछि नेकपाको बिवाद थप चर्किएको हो । उक्त अध्यादेशको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव कुमार नेपाल लगायतको शिर्ष नेताहरुले नै विरोध गरेका छन् ।

प्रचण्ड र नेपाल लगायतका नेताले अध्यादेश फिर्ता लिन समेत आग्रह गरका छन् । अध्यादेश जारी भएलगत्तै सचिवालयका पाँच सदस्य दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको अनौपचारिक बैठक खुमलटारमा बसेको थियो ।

बैठकमार्फत् सचिवालयका बहुमत सदस्यले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धि अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरेका छन् । अध्यक्ष दाहाल, वरिष्ठ खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले सरकारले जारी गरेको अध्यादेश तत्काल फिर्ता लिईनुपर्ने बताएका हुन् ।

यस्तो अवस्थामा भोली बुधवार बस्ने नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्ड नेपाल समूह कसरी प्रस्तुत हुन्छ भन्ने चासो का साथ हेरिएको छ ।
हुनत पार्टीको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको नै बहुमत छ ।

मंसिर २८ को स्थायी कमिटी बैठकमा सहभागी भएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली बुधबारको बैठकमा सहभागी हुने वा नहुने निश्चित भएको छैन । मंसिर २१ को बैठकमा भने ओली सहभागी भएका थिएनन् । उनले बैठकमा पेस भएको दाहालको प्रस्ताव फिर्ता नभएसम्म बैठकको अर्थ नरहने बताउँदै आएका छन् । एक नेताले प्रधानमन्त्री आएर गल्ती स्वीकार गरी अध्यादेश फिर्ता लिने आश्वसन नदिए पार्टीले थप कठोर निर्णय लिन सक्ने पनि संकेत गरेका छन् ।

पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले यसअघि नै अध्यादेश फिर्ता लिन माग गरेका छन् । वरिष्ठ नेता नेपालले पार्टीलाई अँध्यारोमा राखेर ल्याएको अध्यादेश फिर्ता लिएर प्रधानमन्त्रीले गल्ती सच्च्याउनु पर्ने बताए ।
वरिष्ठ नेता खनालले पार्टीको बैठक चलिरहेको बेला कुनै जानकारी बिना नै अध्यादेश ल्याउनुलाई आफूहरुले गम्भीररूपमा लिएको बताए । नेता खनालले यसबारे भोलिको बैठकमा घनिभूत रुपमा छलफल हुने जानकारी दिए । उनले अध्यादेश तत्काल फिर्ता लिईनुपर्ने निष्कर्ष निकालेको पनि बताए ।

प्रवक्ता श्रेष्ठले अध्यादेश जारी गर्ने सम्बन्धमा पार्टीलाई कुनै जानकारी नभएको र भोलिको स्थायी कमिटी बैठकमा छलफल हुने बताए ।

गत वैशाखमा संवैधानिक परिषद्सम्बन्धि अध्योदश र दल विभाजनसम्बन्धि अध्यादेश जारी गरेपछि विवाद उत्कर्षमा पुगेको थियो । पार्टी र बाहिरबाट चर्को विरोधपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएको थियो । त्यहीमध्येको एक अध्यादेश मंगलबार पुन जारी गरेपछि नेकपामा थप तनाव बढेको हो ।

मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्‌को बैठक गर्न सक्ने गरी अध्यादेश जारी गरेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ