मंसीर ३० काठमाण्डौं । सरकारले संवैधानिक परिषद् सम्बन्धि जारी गरेको अध्यादेशप्रति काँग्रेस नेताहरुले गंभीर आपत्ति जनाएका छन् ।
फेसबुक पेजमा लेख्दै सभापति शेर बहादुर देउवाले यो अध्यादेश अलोकतान्त्रिक भन्दै यसमा काँग्रेसको विमती रहेको प्रष्ट पारेका छन् । उनले यो अध्यादेशले सरकारको सर्वसत्तावादी चरित्र अझ प्रष्ट भएको भन्दै सभामुखलाई विस्वासमा लिन नसकेर, उपसभामुख चयन नगरेर संसद अधिवेशनको मुखमा अध्यादेश ल्याउनु हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।
यस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै संवैधानिक निकायमा आफू अनुकुल मानिस नियुक्ति गर्ने कुत्सीत मनशायका साथ अध्यादेश जारी भएको भन्दै बिरोध गरेका छन् ।
यसैबीच, सरकारले अप्रत्यासित रुपमा जारी गरेको अध्यादेश र पार्टीको कार्यक्रमको समिक्षा गर्न भोली काँग्रेस पदाधीकारीको बैठक बस्ने भएको छ । बैठकले अध्यादेश सम्बन्धि ठोस धारणा तय गर्ने नेताहरुले बताएका छन् ।