बालुवाटारमा सुरु भयो संवैधानिक परिषद्को बैठक, प्रतिपक्षी दलका नेता देउवा र सभामुख अनुपस्थित

बालुवाटारमा सुरु भयो संवैधानिक परिषद्को बैठक, प्रतिपक्षी दलका नेता देउवा र सभामुख अनुपस्थित

  • मङ्लबार, मंसिर ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौँ, ३० मंसिर । नयाँ अध्यादेश जारी भएलगत्तै संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषद्को बैठक गर्न सक्ने गरी अध्यादेश जारी भएको थियो । उक्त अध्यादेश बमोजिम नै परिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आज बिहान बोलाएको परिषद बैठकमा सभामुख अग्नी सापकोटा नजाने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले साझ पाँच बजे सम्मका लागि स्थगित गर्नुभएको थियो । त्यसलगत्तै सभामुख र प्रमुख विपक्षी दलको नेता अनुपस्थित भए पनि बैठक बस्न सक्ने व्यवस्थासहितको नयाँ अध्यादेश ल्याईएको हो । जसअनुसार तीन जनाको सहमति भएमा निर्णय हुनेछ ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी सापकोटा सहभागी छैनन् । अध्यादेशमा पहिलो बैठकमा निर्णय नभए तत्काल बहाल सदस्यको बहुमत सदस्यका आधारमा निर्णय हुने भन्ने उल्लेख छ । यसो हुँदा ३ सदस्यहरुले निर्णय गर्न सक्ने भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ