मंसीर ३० काठमाडौँ । संवैधानिक परिषद्मा लामो समय बैठक बसाल्न समेत नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः अध्यादेश जारी गराएका छन् । हिजो र आज बिहान पनि बस्न नसकेको संवैधानिक परिषद् सम्बन्धि व्यवस्था परिवर्तन गर्न अध्यादेश राष्ट्रपति समक्ष सिफारीस गराएका थिए ।
आज सरकारले मन्त्रीपरिषद्को बैठक पछि सिफारीस गरेको अध्यादेश राष्ट्रपति बिद्या देवी भण्डारीले आजै जारी गरेकी छन् ।
स्रोतका अनुसार यस व्यवस्था बमोजिम अब बहुमत सदस्य अर्थात तीन जना सदस्य मात्रै उपस्थित भए पनि बैठक बसेर निर्णय गर्न सकिने छ ।
प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेर बहादुर देउवाले अनुपस्थिति जनाएका कारण रोकिदै आएको परिषद्को बैठकमा हिजो र आज पनि नेकपा भित्रको आन्तरीक द्धन्दका कारण सभामुख अग्नी सापकोटा पनि उपस्थििति नभए पछि ओलीले आकस्मिक मन्त्रीपरिषद्को बैठक बोलाएका थिए ।
राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएको हो ।
अध्यादेशले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य ९अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य को उपस्थितिमा बैठक बस्न सक्ने स्रोतले बताएको छ । मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । बैठक मंगलबार नै साँझ ५ बजेलाई बोलाइएको छ ।
