मंसीर ३० काठमाण्डौं । लामो समयदेखि बस्न नसकेको सवैधानिक परिषद्को बैठक आज बस्दै छ । आजको बैठकमा हिजो उपस्थित हुन नसक्ने जनाउ दिएका काँग्रेस सभापति शेर बहादुर देउवा उपस्थित हुने बुझिएको छ । काँग्रेससँ मिलेर रिक्त ४५ संवैधानिक आयोगका पदहरुमा भागबण्डा गरी नियुक्ति गर्ने तयारी चलिरहेको बताईएको छ । यस अघि लामो समय देउवा बैठकमा उपस्थित भएका थिएनन् ।
तर आज प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी भन्दा पनि आफैले निर्वाचित गरेका सभामुख अग्नी सापकोटाले साथ नदिने स्पष्ट भएको छ । सभामुख पनि संवैधानिक परिषद्को सदस्य हुने प्रावधान रहेको छ । हिजोको बैठकमा पनि सापकोटा उपस्थित भएका थिएनन् ।
सापकोटा प्रचण्ड निकट रहेको र प्रचण्ड संवैधानिक परिषद्को बैठक राखेर हतार हतार पार्टीमा सल्लाह नगरी पदाधीकारी नियुक्तितिर लागेको भन्दै रुष्ट बनेका छन् । प्रचण्डले पार्टीको बैठक र सल्लाहबाट आयोगहरुमा नियुक्ति गर्नु पर्ने अडान राख्दै आएका छन् ।