कम्युनिस्टले बुढाबुढीलाई दुई सय दिएर नारा बनायो तर कांग्रेसले २० वर्षको आयु दियो: पौडेल(भिडियोसहित)

कम्युनिस्टले बुढाबुढीलाई दुई सय दिएर नारा बनायो तर कांग्रेसले २० वर्षको आयु दियो: पौडेल(भिडियोसहित)

'राजाका पालामा रुख रोप्दा टाउको फुट्यो, कम्युनिस्टको पालामा पुल उद्घाटन गर्दा करङ भाचियो'

  • सोमवार, मंसिर २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, २९ मंसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टले बृद्धभत्तालाई नारा बनाएर राजनीति गरेको बताएका छन् । काठमाडौं जिल्ला समितिद्वारा सोमबार आयोजित विरोध प्रदर्शनमा नेता पौडेलले कम्युनिस्टले बुढाबुढीलाई दुई चारसय रुपैया दिएको तर कांग्रेसले २० बर्षको आयु दिएको बताएका हुन् ।

नेपालमा भएका विकासका काम काग्रेसकै पालमा भएको दाबी गर्दै उनले विकासनिर्माण देखि नेपालीको आर्थिक जीवनस्तर उकास्ने काम गर्दा आफुहरुमाथि प्रहार हुनेगरेको बताए ।
४६ ४७ सालतिर नेपालीको सरदर आयु ५२ बर्ष थियो तर अहिले ७१ बर्ष पुगेको छ उनले भने, कम्युनिस्टले बुढाबुढीलाई २ सय रुपैया दिए भन्छ तर म भन्छु कांग्रेसले बुढाबुढीलाई २० बर्ष आयु दियो । उनले प्रश्न गरे, २० बर्षको आयु ठुलो हो कि सय रुपैया ?

नेता पौडेलले वर्तमान कम्युनिस्ट सरकारले राजाको शासनकालको जस्तो पंचायती झल्को दिएको बताए। उनले राजाको शासनकालमा रुख रोप्दा तत्कालीन सत्ताले टाउको फुटाउने गरेको स्मरण गर्दै अहिले कम्युनिस्ट शासनमा पुल बनाउँदा करङ भाँचिएको बताए।
पौडेलले भने, ‘हिजो पंचायतमा रूख रोप्दा टाउको फुट्थ्यो, अहिले कम्युनिस्ट पालामा पुल बनाउँदा करङ भाँचियो।’

तनहुँमा केहीदिन अघि पुल उद्घाटन गर्न गएका पौडेललाई प्रहरीले नियन्त्रणमा लिँदा उनको करङमा समस्या भएको थियो। त्यही घट्नातर्फ संकेत गर्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले गाउँगाउँमा विशेष अधिकार प्राप्त, कुनै कानुन नलाग्ने नयाँ कम्युनिष्ट वर्ग जन्माउन खोजिएको भन्दै सरकारले राज्यको ढुकुटीबाट कार्यकर्ता पोस्ने काम गरेको आरोप लगाए ।

उनले कम्युनिस्ट सरकारकै पालामा भ्रष्टाचार बढेको, असुरक्षा र पक्षपात बढेको बताए । कम्युनिस्टले राज्यको ढुकटी मासेर कार्यकर्ता पालिरहेको छन् नेता पौडेलले भने, “कम्युनिस्ट वर्गलाई मुद्दा, कानुन नलाग्ने, अहिले लोकतन्त्रको धज्जी उडाउने काम भइरहेको छ । सत्ताको दुरुपयोग भइरहेको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ