हेटौंडा, मंसिर २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली स्वयं राजावादीसगँ मिलेको गंभीर आरोप लगाएका छन् ।
आज काँग्रेसले आयोजना गरेको बिरोध प्रदर्शनको कार्यक्रमलाई हेटौडामा संवोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले प्रधानमन्त्री ओली राजावादीसगँ मिलेको आरोप लगाए ।
पछिल्लो समय सडकमा राजा ल्याउन माग गर्दै प्रदर्शन बढेका बेला देउवाको यो टिप्प्णी आएको हो । कसरी आन्दोलन भएको छ ? त्यो थाहा छैन तर ढुक्क हुनुस् राजा आउने वाला छैन, देउवाले भने । देउवाले प्रजातन्त्रविरुद्ध नजाऔंभन्दा तत्कालिन राजाले आफूलाई थुनेको दाबी पनि गरे ।
नेपालमा कम्युनिष्टले चुनाव जीते जनताले रुन र हाँस्न पनि नपाउने भनेर आफूले भनेको कुरा देखिदै गएको देउवाले स्मरण गरे ।
कोरोनाको महामारीका बेला समेत सरकारले भ्रष्टाचार गर्नु अति लाजमर्दो कुरा भएको देउवाको भनाई थियो ।
यस्तै कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा कतै नेकपाकै मान्छे संलग्न त छैन भन्दै आशंका व्यक्त गरे ।