काठमाडौं, मंसिर २९ । नेपालमा आज ८२१ जना कोरोना संक्रमित थपिएका छन् ।
देशभरका विभिन्न प्रयोगशालामा ५४२३ जनाको पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
आज काठमाडौंमा २४६, ललितपुरमा ५३ र भक्तपुरमा ३४ जना संक्रमित थपिएका छन् ।
यसै गरी आज ८४२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १७१६ रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline