मंसीर २९ काठमाडौँ । लामो समय सम्म सरकारको बिरुद्ध प्रभावकारी भूमिका खेल्न नसकेको आरोप खेपिरहेका बेला आज काँग्रेसले देशभर एकसाथ प्रदर्शन गरेर शक्ति देखाएको छ ।
आज शीर्ष नेताहरुकै अगुवाईमा देशभरका जिल्ला सदरमुकाम र शहरहरुमा काँग्रेसका लाखौँ कार्यकर्ता सडकमा ओर्लिएका छन् ।
सरकार बिरोधी भिन्न नारा र झण्डा सहित उत्रिएका काँग्रेस कार्यकर्ताहरुको र्याली पछि अहिले सभाहरु शुरु भएको छ ।
भ्रष्टाचार, कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको लगायतका विभिन्न नारा लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज बिरोध प्रदर्शन आयोजना गरेको हो ।
काठमाण्डौंको शान्ति बाटीकामा अहिले हजारौंको संख्यामा र्याली आईपुगेको र सो सभालाई बरिष्ठ नेता रामचन्द्र पौडेलले संवोधन गर्ने तयारी भएको छ । ठूलो संख्यामा काँग्रेस कार्यकर्ता र समर्थकहरुले र्यालीमा भाग लिएको देखिएको छ ।
काँग्रेस सभापति शेर बहादुर देउवा मकवानपुर पुगेका छन् । हेटौडामा उनले संवोधन गर्ने कार्यक्रम छ ।
मंसीर १७ गते वरिष्ठ नेता पौडेललाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टा थुने पछि काँग्रेसले ओली सरकार सर्वसत्तावादी भएको भन्दै नारा तय गरेर बिरोध कार्यक्रम घोषणा गरेको थियो ।
हेर्नुस् काठमाण्डौं शान्तिबाटीकाबाट मिर्मिरे सहकर्मिहरुले खिचेका केही तस्वीरहरुः
